कोल्हाबी नगरपालिकाको वेवसाईटमा यहाँहरुलाई हार्दिक स्वागत छ !!!                          कोल्हबी नगरपालिकालाई  खुल्ला दिशामुक्त क्षेत्र​ अभियान सफल पारौँ!!!       मेलमिलाप प्रक्रियाबाट विवाद सामाधान गरौँ !!!      जता   तते   फोहर   नपालौँ !!!       तपाइको दिन शुभ होस् !!!    

संक्षिप्त परिचय

कोल्हवी नगरपालिका नेपालको साविकको मध्यमाञ्चल बिकास क्षेत्र, नारायणी अञ्चल अन्तरगत पर्ने बारा जिल्लामा पर्दछ । प्रदेश नं. २ मा अवस्थित यस नगरपालिका, साविकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा र रामपुर्वा गाविसको सम्पुर्ण वडाहरु र सिंहासनीको १ र २, हरैया गाविसको ६ नं. वडा, करैयाको ८ नं. वडा र सिहर्वाको ५ नं. वडालाई मिलाई यस नगरपालिकाको पुनरसंरचना गरिएको छ । कोल्हवी नगरपालिकाको पुर्वमा रौतहत जिल्ला, पश्चिममा जीतपुर सिमरा उप-महानगरपालिका ,कलैया उप–महानगरपालिका र करैयामाई गाँउपालिका, उत्तरमा निजगढ नगरपालिका र दक्षिणमा बारा गढी गाँउपालिका र करैयामाई गाँउपालिका रहेको छ ।  

कुल क्षेत्रफल १५७.४० वर्ग किलोमिटर रहेको यस नगरपालिकामा पुर्व पश्चिम राजमार्गबाट ग्रावेलसडक सपहिमार्ग हुदै प्रवेश गर्न सकिन्छ । कोल्हवी नगरपालिकामा ६ वटा वडा कार्यालयहरु स्थापना भएका छन् । वडा नं.१ को वडा कार्यालय कोल्हवी , वडा नं.२ को वडा कार्यालय पुरानो कट्टा (निकास), वडा नं.३ र ४ को वडा कार्यालय सपही कलेज, वडा नं.४, वडा नं ५,८ र ६ को वडा कार्यालय पर्सौनी वडा नं ६, वडा नं.७ र १०को वडा कार्यालय अमाव वडा नं.१० र वडा नं.९ र ११ को वडा कार्यालय वडा नं.११ रमपूर्वामा अवस्थित छन् । यस नगर क्षेत्रमा इलाका प्रहरी कार्यालय, शशस्त्र प्रहरी कार्यालय, पशुसेवा केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालीका कार्यालय र उच्च माध्यामिक तह सम्म पढाइ हुने सरकारी विद्यालयहरु रहेका छन् । राष्ट्रिय जनगणना २०६८ को अनुसार जम्मा ८१११ घरधुरी र ४४०३५ जनसंख्याको यहाँ बसोबास रहेको छ । यस नगरपालिकामा मुख्य रुपमा थारु समुदायको बसोबास रहेको छ भने अन्य सम्पुर्ण समुदायको मिश्रित रुपमा बसोबास रहेको छ