कोल्हाबी नगरपालिकाको वेवसाईटमा यहाँहरुलाई हार्दिक स्वागत छ !!!                          कोल्हबी नगरपालिकालाई  खुल्ला दिशामुक्त क्षेत्र​ अभियान सफल पारौँ!!!       मेलमिलाप प्रक्रियाबाट विवाद सामाधान गरौँ !!!      जता   तते   फोहर   नपालौँ !!!       तपाइको दिन शुभ होस् !!!    

मिति : २०७५ -०३ -०२ गते कोल्हबी नगरपालिका वार्ड १ खुल्ला दिसामुक्त घोषणा समारोह कायक्रम संपन भयो

                  कोल्हवी नगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । कोल्हवीमा आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर १ लाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । घोषणासभा अघि भब्य रुपमा बाजा गाजासहित गाउ परिक्रमा गरेको थियो । वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी रहनु भएको थियो । वडा नम्बर १ मा १२७२ घरधुरी रहेको छ । जिल्ला बन बारा जसमध्य ६४४ बेशलाईनमा जम्मा चर्पीको संख्या १२६२ र संयुतमा १० तथा अभियानका समयमा ६१८ चर्पी बनेर ९९.२१ प्रतिशत कार्य सम्पन्न भएको छ । कार्यक्रमकाबिच अब कसैलेपनि खुल्ला रुपमा दिशा गरेमा १ हजार १ रुपैया जरिवाना गर्ने बताईएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले आगामी दिनमा वडालाई सफा र सुन्दर बनाउन सबैले आ–आफ्नो स्तरबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
वडा नम्बर १ का वडा सचिव देवकान्त चौधरीले वडालाई सफा र सुन्दर बनाउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा गोबिन्द पौडेल, रामनाथ चौधरी, केवल प्रसाद चौधरी, गोपाल प्रसाद अधिकारी, किसुन द्याल चौधरी, भेष बहादुर ढकाल, पुरन देव चौधरी, बिरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत वडाका सदस्य ललिता रामले गर्नुभएको थियो भने संचालन राजेन्द्र महतोले गर्नुभएको थियो ।