समाचार
नेपाली सेना,काेल्हबि नगरपालिका र जिल्ला डिबिजन बन कार्यालयकाे सयुक्त लगानिमा काेल्हबि न पा ८ शान्ति टाेलमा बृक्षाराेपण कार्यकाे शिलन्यास भयाे।
नेपाली सेना,काेल्हबि नगरपालिका र जिल्ला डिबिजन बन कार्यालयकाे सयुक्त लगानिमा काेल्हबि न पा ८ शान्ति टाेलमा बृक्षाराेपण कार्यकाे शिलन्यास भयाे। उक्त कार्यमा काेल्हबिका मेयर,उप-मेयर,प्रमुख प्रशासकिय अधिकृत,जिल्ला प्रशासन प्रमुख,वडा अध्यक्ष,बाराका गुल्मपति, गणपति,फास्ट्रयाकका कर्ज साहेब,जिल्ला बन अधिकृत,स्थानिय राजनितिक दलका प्रतिनिधि, स्थानिय बासि,सन्चारकर्मि,स्थानिय रेडियाे,बुद्दिजिबि,सुरक्षानिकाय,जनप्रतिनिधि सबैकाे सहभागितामा बिरुवा राेपेर शुरुभएकाे थियाे।बृक्षा राेपणमा काेल्हबि नगरपालिकाले पाेल र तार सहितकाे घेरा बारकाे काम गरेकाे थियाे भने जिल्ला बनले बिरुवा उप्लब्ध गराएकाे थियाे।बिरुवा राेप्ने तथा सम्रक्षण गर्ने जिम्मा ५वर्ष सम्मका लागि नेपाली सेना फास्ट्रयाक अायाेजनाले लिएकाे छ।काेल्हबि नगरपालिकाले यसरी सेना,जिल्ला बन, तामागढि साझेदारि बन सहजनाथ साझेदारि बन प्रदेश सरकार र अाफ्नाे लगानिमा १बर्ष भित्र २५० हेक्टर जमिनमा बृक्षा राेपण गरि दाेस्राे अन्तराष्ट्रिय विमान स्थल निर्माणमा कटान हुने रुखकाे सख्या भन्दा दाेब्बर रुख हुरकाउने लक्ष्य लएकाे छ।