मिति २०८१।०३।१० गते सोमबार कोल्हवी नगरपालिकाको नगर सभाको १२ औँ अधिवेशनको प्रथम बैठक कोल्हवी नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष श्री राम प्रसाद चौधरी ज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालय, कोल्हवीको सभाहलमा बस्यो । सो खुला सत्रको बैठकमा कोल्हवी नगरपालिकाका उपप्रमुख तथा नगर सभाका उपाध्यक्ष श्री लक्ष्मी कुमारी चौधरी ज्यू र कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव श्री पितानाथ लुइटेल ज्यू , नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु, संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो।
त्यसै बन्द सत्रमा कोल्हवी नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष श्री राम प्रसाद चौधरी ज्यूद्वारा आ.व. 2081/082 को नीति तथा कार्यक्रम प्रस्तुती, उपप्रमुख तथा नगर सभाका उपाध्यक्ष श्री लक्ष्मी कुमारी चौधरी ज्यू बाट आ.व. 2081/082 को वर्षिक बजेट एवम् प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव श्री पितानाथ लुइटेल ज्यू बाट विभिन्न विधेयक, नियमावली, कार्यविधि र निर्देशिका प्रस्तुतीकरण भयो।
उक्त प्रस्तुत भएका विषयहरुमा थप छलफल र परिस्कृत वनण्न आगामी नगर सभाको जारी १२औँ अधिवेशनको दोस्रो बैठक मिति २०८१।०३।१५ गते बिहान ११:३० बजे नगर कार्यपालिकाको कार्यालय, कोल्हवीको सभाहलमा बस्ने गरी प्रथम बैठकको उपस्थिति सवैको सर्वसम्मत निर्णय भर्इ सु-सम्पन्न भयो ।
समाचार
फोटो ग्यालरी
नगर प्रमुख आदरणीय श्री राम प्रसाद चौधरी ज्यू द्वारा सम्पूर्ण स्वास्थ संयोजक ज्यूहरुलाई recording reporting का लागि ल्यापटप वितरण गरियो।
मृत्यु भएका र बासाइँ सरी गएका मतदाताको विवरण उपलब्ध गराउने सम्बन्धमा
दादुरा रुवेला खोप अभियान २०८०/८१ नगर स्तरीय खोप सामान्य समिति अभिमुखीकरण तथा योजना गोष्ठी।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत
मकै प्याकेट विकास कार्यक्रममा
कृषि उपकरण वितरण कार्यक्रम
स्थान :- पिपरिया
२०८९ माघ २९ आईतवार
कोल्हवी नगरपालिका स्वास्थ्य शाखा कोल्हवी बाराको आयोजनामा
रास्ट्रिय हात्तिपाइले रोग निवारण अभियान २०७९/०८० कार्यक्रम
कोल्हवी नगरपालिका वडा नं ५ स्थित माछा कृषकहरूको लागि २ दिने माछा उत्पादन तथा पोष्ट हार्भेस्ट तालिम ( Fish production and post harvest training for small holders) कोल्हवी नगरपालिकाको माछा क्लस्टर विकास कार्यक्रमद्धारा तीन चरणमा सम्पन्न।
१. मिलिजुलि र ग्रामिण माछा पालन समुह - १५ र १६ गते
२. बलुवा र बोधबन माछा पालन समुह - १७ र १८ गते
३. उधमशिल र सृजनशिल माछा पालन समुह -२७ र २८ गते
मधेश प्रदेशका मुख्य मन्त्री श्री सरोज यादव एवं बारा क्षेत्र नं. १ को नवनिर्वाचित माननीय सांसद श्री अच्युत मैनाली तथा अन्य माननीयज्युहरूलाई कोल्हवी नगरपालिमाबाट भब्य स्वागत र समान कार्यक्रमकाे केही फाेटाेहरू।
भुमीशुधार तथा मालपोत कार्यालय , कलैया बारा द्वारा कलैया उप-महानगरपालिका, कोल्हबि नगरपालिका का सम्पुर्ण वडा र यस मालपोत कार्यालय अन्तर्गत पर्ने जीतपुर सिमरा उप-महानगरपालिका का केही वडा वडा मा जग्गा को कृषि तथा गैर कृषि क्षेत्र वर्गीकरण सकियको सिफारिस प्राप्त भयसङै आज मिति २०७९/०९/०३ गते बाट किताकाट खुला भएको छ ।
जग्गा बर्गिकरण सम्बन्धी बैठक आज सबै सरहरूकाे सहभागिता सहित सु- सम्पन्न भऐकाे छ । धन्यावाद , सम्पूर्ण TEAM ज्यूहरुलाई। मंसिर १९, २०७९।