FAQs Complain Problems

सूचना तथा समाचार

बजार ठेक्काको बन्दोबस्त सम्बन्धी बोलपत्र आह्वान सम्बधी सूचना , बजार ठेक्काको बन्दोबस्त सम्बन्धी बोलपत्र आह्वान सम्बधी सूचना

बजार ठेक्काको बन्दोबस्त सम्बन्धी बोलपत्र आह्वान सम्बधी सूचना 

कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम, कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम

 कोल्हवी नगरपालिका वडा नम्बर ६ खुल्ला दिशा मुक्त वडा घोषणा भएको छ । वडालाई हिजो विहिबार एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरीएको हो । ६ नम्बर वडा सहित बारा जिल्लाका ३२ वटै वडा हाल खुल्ला दिशामुक्त वडा घोषणा भईसकेका छन् । वडा स्तरीय खानेपानी , सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा कोल्हवी नगरपालिका उप– प्रमुख सुनैना देवी थरुनी ,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख नवल किशोर सिङ, कोल्हवी नगरपालिका प्रशासकिय अधिकृत रेशम बहादुर सिहं , जन स्वास्थ्य प्रमुख महम्द साबिर लगाएतको आतिथ्यता रहेको थियो । विभिन्न विध्यालयका प्र.अ, ११ वटा वडाका जनप्रतिनिधि, बारा उद्योग वाणिज्य संघ शाखा कोल्हवीका अध्यक्ष महेश कुमार साह लागाएतको आथित्यता रहेको थियो । नगर प्रमुख भण्डारीले सरसफाईको प्रमाणपत्र वडा नं. ६ का वडा अध्यक्ष चौधरीलाई प्रदान गरेका थिए । कार्यक्रम कोल्हवी नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पुरनदेव चौधरीको सभाध्यक्षतामा भएको थियो ।

कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम

कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम आयोजना गरेको हुनlले  कर्यकरम्मा सहभागी हुन  हार्दिक अनुरोध छ l 

तपसिल :

मिति : २०७५ -०३- ०७ गते विहिबार 

समय : दिउसो १२:३० बजे 

स्थान : कोल्हबी न. पा. वार्ड न. ६

                  कोल्हवी नगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । कोल्हवीमा आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर १ लाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । घोषणासभा अघि भब्य रुपमा बाजा गाजासहित गाउ परिक्रमा गरेको थियो । वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी रहनु भएको थियो । वडा नम्बर १ मा १२७२ घरधुरी रहेको छ । जिल्ला बन बारा जसमध्य ६४४ बेशलाईनमा जम्मा चर्पीको संख्या १२६२ र संयुतमा १० तथा अभियानका समयमा ६१८ चर्पी बनेर ९९.२१ प्रतिशत कार्य सम्पन्न भएको छ । कार्यक्रमकाबिच अब कसैलेपनि खुल्ला रुपमा दिशा गरेमा १ हजार १ रुपैया जरिवाना गर्ने बताईएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले आगामी दिनमा वडालाई सफा र सुन्दर बनाउन सबैले आ–आफ्नो स्तरबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
वडा नम्बर १ का वडा सचिव देवकान्त चौधरीले वडालाई सफा र सुन्दर बनाउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा गोबिन्द पौडेल, रामनाथ चौधरी, केवल प्रसाद चौधरी, गोपाल प्रसाद अधिकारी, किसुन द्याल चौधरी, भेष बहादुर ढकाल, पुरन देव चौधरी, बिरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत वडाका सदस्य ललिता रामले गर्नुभएको थियो भने संचालन राजेन्द्र महतोले गर्नुभएको थियो ।                                                                   

 

कोल्हबी नगरपालिका वार्ड १ खुल्ला दिसामुक्त घोषणा समारोह

कोल्हबी नगरपालिका वार्ड १ खुल्ला दिसामुक्त घोषणा समारोह

कायक्रम :

मिति :२०७५ -०२ ०३ 

स्थान :कोल्हबी बजार वार्ड १

समय : विहान ११:००  बजे

 

कोल्हाबी नगरपालिकामा कार्यक्रमहरु गराउने संस्थाहरु छनौट भएका  नाम र ठेगाना

कोल्हाबी नगरपालिकामा कार्यक्रमहरु गराउने संस्थाहरु छनौट भएका  नाम र ठेगाना र मिति २०७५ /२ /३१  देखि ७(सात) दिन भित्रमा कोल्हाबी नगरपालिकामा सम्पर्क गर्नु होला ।

,

लोकसेवा तयारी कक्षा अंक र कक्षा संचालन सम्बंदी जरूरी सूचना 

म्याद थप गरिएको सम्बन्धमा

म्याद थप गरिएको सम्बन्धमा

Pages